२३ सय ४० कोरोना संक्रमित निको भए,२२७०९ जना अझै लड्दै



काठमाडौं असोज २० ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरसका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत दुई हजार तीन सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६७ हजार पाँच सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार अझै २२ हजार सात सय नौ जना संक्रमित कोरोना भाइरससँग लडिरहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार ११ हजार ४७ को स्वाब परीक्षण गरिएको थियो ।

आज काठमाडौं उपत्यकामा मात्र एक हजार १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आज नेपालभर संस्थागत आइसोलेसनमा रहनेको संख्या नौ हजार एक सय १८ जना छन् भने होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्