पूरानै लुगामा दशैं मनाऔं , सीमापारि बजारमा नजाऔं : स्वास्थ्य मन्त्रालय



काठमाडौं असोज २० ।

सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबर्षको दशैं संक्रमणबाट बच्दै मनाउनुपर्ने भएकाले अत्यावश्यक नपरी नयाँ लुगा नकिन्न आग्रह गरेका हुन्। नेपालमा उपलब्ध हुने अधिकांश लुगाफाटासहितका सामान चीनबाट आयात हुन्छ ।

यस्तै दशैको सामान किनमेल गर्दा लिष्ट बनाएर एकैपटक सामान किन्न पनि उनले आग्रह गरे । दशैंको खरिदारी गर्न सीमापारि भारतीय बजारमा नजान पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्