लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा दीपावली



दाङ,असोज २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी–भालुवाङलाई तोकिएको खुशीयालीमा दाङमा दीपावली गरिएको छ।

प्रदेशको स्थायी राजधानी दुई तिहाई बहुमतले पारित भएपछि दाङका स्थानीयले दीपावली गरेका हुन् । जिल्लाका प्रमुख बजारहरु भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगाएतमा बेलुका दिपावली गरिएको छ ।

लुम्बिनी प्रदेशको मंगलवार बसेको प्रदेशसभामा प्रदेशको नामांकन र स्थायी राजधानीका विषयमा मतदान भएको थियो ।

दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी कायम गर्ने प्रस्ताव पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्