टिप्परको ठक्करबाट रोल्पाकी एक महिलाकाे मृत्यू



कपिलवस्तु,असोज २१। कपिलवस्तुमा टिप्परको ठक्करबाट एक महिलाकाे मृत्यू भएकाे छ।

जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा भएको दुर्घटनाबाट माेटरसाईकलमा सवार राेल्पा जिल्लाकाे सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरकाे मृत्युु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेकाे प्रदेश न.२-०३-००१ख ०४८१ नम्बरकाे टिप्परले बिपरित दिशा बाट आइरहेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे ।मोटरसाइकल चालक खिम बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको निरिक्षक खरेलले बताए।

प्रतिक्रिया दिनुहोस्