धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती सरकारको ३ करोड सहयोग



मकवानपुर असोज २१ ।

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गरे । रंगशाला निर्माण तीव्र गतीमा भएको भन्दै खुशी व्यक्त गर्दै पौडेलले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिएका छन् । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनको भनाइ छ ।

रंगशाला निर्माणमा चुनौती धेरै रहेकाले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बता्ए । यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बता्ए । परिकल्पना अनुसार सफलताका लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छ्याएर अगाडि बढ्न सुझाव दिए ।

यसैगरी, फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर शुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको कट्टेलले जानकारी दिए । सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको कट्टेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्