टोखाको मालुङ हुँदै साङला जोड्ने सडकमा ढलान सुरु



टोखा,असोज २१ । काठमाडौंस्थित टोखाको मालुङ हुँदै साङला जोड्ने सडकमा ढलान कार्य सुरु भएको छ।टोखा नगरपालिका वडा नम्बर १ मालुङदेखि साङले खाेला पुलसम्म ढलान कार्य अगाडि बढाइएको वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाएका छन् । सडक ढलान कार्यले पुर्णता पाएसंगै टाेखा नगरको वडा नम्बर २ र १ हुँदै साङला बिहानि चाेक  जितपुरफेदीसम्म यात्रा सहज हुने अध्यक्ष अधिकारीले बताए।

करिब १ किलोमिटर लामो उक्त ढलान टोखा नगरपालिकाको २७ लाख तथा जनश्रमदान ७० हजार समेत गरी कुल २७ लाख ७० हजार बजेटमा अगाडी बढाइएको बताइएको छ।

टोखा नगरपालिका तथा तारकेश्वर नगरपालिका जोड्ने महत्त्वपूर्ण बाटोको रुपमा समेत उक्त बाटोलाई लिइने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्