नुवाकोटमा मौरीले टोकेर एकको ज्यान गयो, एक घाइते



नुवाकोट,असोज २१ । नुवाकोटमा मौरीले टोकेर एकजनाको ज्यान गएको छ । बुधबार मध्याह्न नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको हो भने अर्का एक घाइते भएका हुन ।

माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालीलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा उपचारका क्रममा दिउँसो ३:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कर्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै बाटोमा हिडिरहेका बेलकोटगढी नगरपालिका वडा न. ७ ढापेका ४५ वार्षिय कृष्णबहादुर सुनार माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका छन । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्