नेपालमा हालसमकै धेरै ४३ सय ६४ जनामा कोरोना पुष्टि,२६ सय ७५ जना डिस्चार्ज



काठमाडौं असोज २२ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिवार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १८४७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ भने ४ हजार ४ सय ६० जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्