नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो



काठमाडौं असोज २२ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्।

सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्