भक्तपुरमा जग्गा व्यापारीको हत्या



भक्तपुर असोज २२ ।

भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजना गुण्डाहरुले आक्रमण गरी एक जना जग्गा कारोबारीको हत्या गरेका छन् ।

उनीहरु मृतकबाट सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर भागेका छन् । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने जग्गा व्यापारी ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सुडालस्थित आफ्नै घरमा मदिरा व्यापार चलाइरहेका वाइवालाई जग्गा दुई जनाले जग्गा देखाउन घरदेखि लगेर स्थलमै एक्कासी कुटपिट घाइते पारेर छाडेका थिए । गम्भीर घाइते अवस्थामा फेला परेका वाइवालाई उपचारका लागि ग्रिनसिटी अस्पताल भर्ना गरिएको र उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको थियो ।

निर्घात कटिपिटबाट वाइवा बेहोस् भएको र त्यहाँबाट हातमा वगाएको सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागेको पाइएको प्रहरीले जनाएको छ । कुटपिट गर्नेहरुको पहिचान भइसकेको र छिट्टै नियन्त्रणमा लिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्