कैलालीमा जुवाखालबाट २ लाख नगद सहित ३१ जना पक्राउ



कैलाली असोज २२ ।

कैलाली प्रहरीले जुवातास खेलाइरहेका तीन ठाउँमा छापा मारेर ३१ जनालाई नियन्त्रणमा लिएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ र घोडाघोडी नगरपालिका वडा नम्बर १० विभिन्न ठाउँमा प्रहरीले छापा मारेको थियो। गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले २ लाख ४९ हजार नगद सहित ३१ जनालाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिइएको प्रहरी टोलीले कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित विष्णु खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा ८१ हजार ५५० नगदसहित १४ जनालाई पक्राउ गरेको छ।

यस्तै, घोडाघोडी नगरपालिका–१०, आमखैयाबाट १ लाख ६८ हजार नगदसहित जुवातास खेलीरहेका १७ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार घोडाघोडी नगरपालिका–१०, आमखैया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका–२ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा नगद सहित १७ जनालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट १ लाख ३५ हजार ५०० नगदसमेत बरामद गरिएको विष्टले बताए। यस्तै, ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–२ बाट ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ३२ हजार ५५० नगद बरामद गरिएको छ। जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्