‘दसैंमा पिङ नहालौं, मन्दिरमा नित्यपूजा मात्र गरौं’ : स्वास्थ्य मन्त्रालय



काठमाडौं असोज २२ ।

सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्। उनले भने, ‘सबै मन्दिरहरुमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं।’

सरकारले कोरोना संक्रमण जोखिम बढ्दै गएकाले यस्तो व्यवस्था गरिएको उनले बताए। गौतमले दसैंका बेला सार्वजनिक ठाउँमा रोटे र लिंगे पिङ नहाल्न र भिडभाड नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्