फिल्म र स्टेज शोमा प्रहरी पोसाक लगाउन स्वीकृति लिनपर्ने



फिल्म, टेलिफिल्म लगायतमा प्रहरीको पोसाक प्रयोग गर्न प्रहरी कार्यालयको अनुमति आवश्यक पर्ने भएको छ ।

टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि पूर्व अनुमति लिनपर्ने जनाएको छ । प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्नसमेत आह्वान गरेको छ । यी नियम तोडेमा प्रचलिति कानुन बमोजिम कानुनी कारबाही हुनेसमेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्