तरुण दलका धादिङ उपाध्यक्ष गुण्डा नाइके भण्डारी पक्राउ



काठमाडौं । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।

बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्