यस वर्षको नोवेल शान्ति पुरस्कार डब्लूएफपीलाई



एजेन्सी असोज २३ ।

यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई प्रदान गरिने भएको छ।

नर्वेजियन नोबेल कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ ।

डब्लूएफपीले भोकमरीविरुद्ध गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको स्थितिमा सुधार ल्याउन पुर्‍याएको योगदान र द्वन्द्व र युद्ध गर्न भोकमरीको प्रयोग गर्नबाट रोक्नका लागि उसले खेलेको भूमिकाका लागि सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्