अध्ययन र रोजगारीको लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं असोज २४ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन गर्न पुग्नुभएका मन्त्री ज्ञवालीले तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपन्क्षीपालन लगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुपर्ने बताए ।

देशका शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउन उनले निर्देशन पनि दिए। विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ ।

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । यस्तै मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुुर्याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्