पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण



काठमाडौं असोज २४ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ ।

आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् । शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्