स्पेनद्वारा स्विट्जरल्याण्ड पराजित



एजेन्सी, असोज २५ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । गएराती सम्पन्न भएको सो खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा खेलको १४औ मिनेटमा मिकेल ओयारजाबालले खेलको एक मात्र गोल गरेका थिए ।

स्पेनको जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ खेलबाटै जर्मनीको ५ अंक पुगेको छ । युक्रेनको ३ तथा पराजित स्वीट्जरल्यान्डको १ अंक छ । अब चौथो चरणमा स्पेनले युक्रेनको तथा स्वीट्जरल्यान्डले जर्मनीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्