विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो



एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् ।

अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ ।

भारतमा ७० लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।

नेपालमा पनि संक्रमित संख्या एक लाख नाघिसकेको छ । एकै दिन हिजो ५ हजार संक्रमित थपिएका छन् । संक्रमणबाट मृतक संख्या ६ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्