वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने



काठमाडौं असोज २५ ।

विद्युतिय माध्यम वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको बताए ।

कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको उनले बताए । भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

तर कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्तसम्म निःशुल्क गर्न राष्ट्र बैंकले भनेको हो । पुस पछि भने तोकिएको शुल्क लिन सेवा प्रदायकहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्