विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो



काठमाडौं, असोज २८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।

हालसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

भारतमा ७२ लाख कोरोना संक्रमितमध्ये एक लाख १० हजारको मृत्यु भैसकेको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये एक लाख ५१ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्