ओली- दाहाल भेटवार्ता सम्पन्न, कर्णाली विवाद बारे छलफल



काठमाडौं,असोज २८ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बुधबार झण्डै तीन घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद मिलाउनेबारे केन्द्रित रहेको श्रोतले जनाएको छ ।

भेटवार्तामा सहभागी एक नेताका अनुसार पार्टी विवाद अन्तर्गत कर्णालीमा उत्पन्न भएको विवाद हल गर्न अध्यक्षद्वय बीच छलफल भएको थियो। विवाद बारे छलफल भएपनि समाधानको लागि उनीहरुबीच ठोस सहमति नभएको बताइएको छ।

आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, मंगलबार अपरान्हसम्म ओली पक्षधरहरु अल्पमतमा परेका थिए । शाहीको कुर्सी जोगाउनको लागि नेकपाका कार्यकारी अध्यक्ष दाहालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले शाहीलाई साथ दिएका थिए

प्रतिक्रिया दिनुहोस्