चीनले हुम्लामा २ किलोमिटर नेपाली भुमी अतिक्रमण गर्यो : काँग्रेस



काठमाडौं असोज २८ ।

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले चीनले हुम्लामा २ किलोमिटर नेपाली भुमी अतिक्रमण गरेको जनाएको छ।

बुधबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यसअघि सरकारले मिचिएको छैन भनेर ढाकछोप गर्नु निन्दनीय भएको बताएका छन्।

हुम्लाको सिमामा चीनले गरेको अतिक्रमण सार्वभौम रास्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता सहितको रास्ट्रघात झनै आपत्ति, आश्चर्य र निन्दनीय बिषय भएको काँग्रेसले जनाएको छ।

हालै काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको टोलीले उक्त सीमामा पुगेर अध्ययन गरेको थियो । चीनले उक्त क्षेत्रमा २ किलोमिटर जमिन मिचेको निष्कर्ष उक्त टोलीले निकालेको छ।

प्रतिक्रिया दिनुहोस्