मन्त्रिपरिषद् पुनर्गठन: तीन मन्त्री नयाँ थपिए, दुई मन्त्रीको हेरफेर



काठमाडौं असोज २८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

तीनवटा मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी छन् भने सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेकी छन् ।

त्यस्तै कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्