पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभा सम्पन्‍न



काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न भएको छ ।

कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको साधारणसभा बिहीबार काठमाडौंको होटल गार्डेन होममा सम्पन्न भएको हो । साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको प्रतिनिधिसभाका सांसद एवं प्रतिष्ठानका उपाध्यक्ष हितबहादुर तामाङले जानकारी दिए ।

प्रतिष्ठानको कार्यसमिति यस प्रकार छन् –
अध्यक्ष : हितराज पाण्डे (गोरखा)
उपाध्यक्ष : हितबहादुर तामाङ (नुवाकोट)
माहासचिव : श्रीकृष्ण अधिकारी (नुवाकोट)
कोषाध्यक्ष: रूद्र प्रसाद ढुङ्गेल (नुवाकोट)
सदस्य: राममाया बोगटी(नुवाकोट)
सदस्य: निर्मल आचार्य (दाङ)
सदस्य: ईन्द्र गोतामे (रसुवा)
सदस्य: रूकु चौंलागाई (काभ्रे)
सदस्य : रामप्रसाद सापकोटा (धादिङ)

पोष्टबहादुर बोगटीको विचार र योगदानलाई समाजका विभिन्न क्षेत्रमा स्थापित गर्ने मूल उद्देश्यसहित प्रतिष्ठान स्थापना भएको हो । बोगटी पूर्वमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका सशक्त नेतृत्व थिए । माओवादीले सञ्‍चालन गरेको १० वर्षे जनयुद्ध र शान्ति प्रक्रिया एवम् नयाँ संविधान निर्माण प्रक्रियामा उनको उल्लेख्य योगदान थियो ।

बोगटीको २०७१ भाद्र ३० गते उच्च रक्तचाप र मस्तिष्क घातको कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्