अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल



काठमाडौं असोज ३० ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँचलाख टन मल ल्याउन नसक्ने बताएका छन्।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो धारणा राखेका हुन्। कोलकात्ता बन्दरगाहबाट मल ल्याउनका लागि डेडिकेटेड रेल आवश्यक रहेको उनले बताए।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताए।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारीत लगानी गरिने उनले बताए। किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको भुसालले बताए।

प्रतिक्रिया दिनुहोस्