Shree Baundeshwor Secondary School

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फालाई राखेपको अनुमति



काठमाडौं असोज ३० ।

राष्ट्रिय खेलकुद परिषद राखेपले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई अनुमति दिएको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।

राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफाको विन्डोको मिति अनुसार नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ ।

राष्ट्रिय टिममा व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको तयारी गरेको बताए । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्