सरकारको गैरजिम्मेवारपनका कारण कोरोनाको जोखिम थप भयावह बनेको कांग्रेसको निष्कर्ष



काठमाडौं असोज ३० ।

नेपाली कांग्रेसले कोरोना जोखिमका बेला सरकारले गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थिति थप भयावह बनाएको निष्कर्ष निकालेको छ।

कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष बुझाएको प्रतिवेदनमा जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन सरकार पूर्णतः अक्षम साबित भएको उल्लेख छ। सरकारले आफ्नै पहलमा महामारी सम्बोधन गर्ने कुनै सार्थक पहल नगरेको समितिको ठहर छ।

‘जनताको स्वास्थ्य खतरामा परेको छ। अर्थतन्त्र धराशयी भएको छ। समितिले संक्रमणको भयावह स्थितिलाई गम्भीरताका साथ लिँदै जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, अस्पतालमा पर्याप्त बेड आपूर्ति सहज गर्न तथा स्वास्थ्य सुरक्षाका उपकरण र आवश्यक स्वास्थ्यकर्मीहरुको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ। समितिले अत्यावश्यक औषधिहरुको कालोबजारी रोक्न पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्