फुकुओकामा नेपाली र जापानिज्‌बीच मैत्रीपूर्ण फुटबल हुँदै



जापान असोज ३० ।

जापानको फुकुओकामा नेपाली र जापानिज्‌बीच आउँदो नोभेम्बर १४ तारिखमा मैत्रीपूर्ण खेल हुने भएको छ ।

एनआरएनए क्युस्यु र वाजिरो नेपाली सर्भिस समाजको सहयोग तथा गाउँले रेस्टुरेन्ट एन्ड बारको आयोजनामा नेपाल र जापानिज्‌ ‘गाउँले फुटबल’ खेल हुन लागेको हो । गाउँले रेस्टुरेन्टले फुकुओकामा नेपाली र जापानिज् बीचको पहिलो पटक मैत्रीपूर्ण प्रतियोगता गर्न लागेको संचालक किरण बर्माले बताएका छन् ।

खेलमा ५० हजार जापानी येन पुरस्कार राशिसमेत राखिएको छ । खेलाडी छनौट गर्न गाउँले पारिवरले सुनिल गुरुङलाई जिम्मा दिएको जनाइएको छ । आयोजकले फुकुओकावासी नेपालीहरु र स्थानीय जापानका नागरिकलाई सहभागिताका लागि आग्रह गरेको छ । गाउँले रेस्टुरेन्टले फुकुओकामा वर्किङ भिसा सम्बन्धी सेमिनार एवं सहयोग गर्दै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्