Shree Baundeshwor Secondary School

आगामी १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने



काठमाडौं कात्तिक १ ।

सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।

आगामी १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ । नियमित तालिकाअनुसार दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्द हुने गर्छ ।

तर बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएका बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्