यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण



काठमाडौं कात्तिक ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । मन्त्री नेम्बाङ होम आइसोलेसनमा बसेका उनका प्रेस संयोजक संयोजक सन्दीप राईले जानकारी दिएका छन्।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि होसियारी अपनाउन सामाजिक सञ्‍जालमार्फत अपिल गरेका छन् । ‘आजको पीसीआर परीक्षण रिपोर्टमा म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु हुन आग्रह गर्दछु’ मन्त्री नेम्वाङले लेखेका छन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्