प्रधानमन्त्री र मन्त्रीहरुका दसैं भत्ता कोरोना कोषमा : सरकारका प्रवक्ता गुरुङ



काठमाडौं कात्तिक ३ । प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रीहरुको दसैं भत्ता बापतको पाउने रकम कोरोना कोरोना जम्मा गरिने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनले भने, ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता बापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ ।’

संघीय मन्त्रिपरिषद्को निर्णयको मर्मअनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको पनि उनले बताए ।

नेकपा, कांग्रेसले पनि आफ्ना दलका सांसदहरुले भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्