देवानगञ्ज घटनापछि गृहमन्त्री गुरुङ विराटनगरमा, घाइते र मृतक परिवारसँग भेट्दै
विराटनगर,साउन १४ — गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्जमा भएको घटनाका घाइते तथा पीडित परिवारलाई भेट्न शुक्रबार विराटनगर पुग्नुभएको छ।
विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उहाँ घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिधै अस्पताल पुग्नुभएको हो। अस्पतालमा उपचाररत घाइतेहरूको उपचार अवस्था बुझ्दै चिकित्सकसँग आवश्यक जानकारी लिनुभएको छ।
अस्पताल भ्रमणपछि गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका मृतकका परिवारजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको छ।
यसै क्रममा उहाँले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग छलफल गर्दै घटनाको समग्र वस्तुस्थिति, शान्ति–सुरक्षा अवस्था र आगामी व्यवस्थापनका विषयमा जानकारी लिने कार्यक्रम पनि रहेको छ।

