अफगानिस्तानमा बम विष्फोट, १२ प्रहरीको मृत्यु



एजेन्सी कात्तिक ४ ।

अफगानिस्तानको निमरोज प्रान्तको कांग जिल्लामा मंगलवार दुई ठूला बिस्फोट भएका छन् ।

न्यूजका अनुसार यो बम बिस्फोटमा एक जिल्लाका प्रहरी प्रमुखसहित १२ जना प्रहरीको मृत्यु भएको छ ।

गत आईतवार पनि अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा आत्मघाती कार बम हमलामा १२ जनाको मृत्यु भएको थियो । साथै १ सय भन्दा धेरै गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्