कर्णाली प्रदेशको विवादका विषयमा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता



काठमाडौं कात्तिक ५ ।

कर्णाली प्रदेशको विवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

बुधबार बिहान खुमालटारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । कर्णालीको विवाद मिलाउने भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बखेडा झिक्ने र सरकार ढाल्न उन्मुख हुने अवस्था आएपछि प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो ।

प्रचण्डका विश्वासिला पात्र महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार ढाल्न माधव पक्षका सांसदले ओली पक्षका सांसदलाई सहयोग गरेका थिए । सोही विषयमा छलफल गर्न ओलीले बेवास्ता गर्दा प्रचण्डले माधव नेपालको साथ खोजेका हुन् ।

कर्णालीमा पूर्व एमाले नेता र सांसद मिल्दा पूर्व माओवादी नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । मुख्यमन्त्री शाही नेतृत्वको सरकारमाथि पूर्व माओवादी नेता तथा सांसदकै असन्तुष्टि छ ।

प्रतिक्रिया दिनुहोस्