चीनमा विकास भएको कोरोनाविरुद्धको खोप ब्राजिलले प्रयोग गर्ने



एजेन्सी कात्तिक ५ ।

ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो । साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताए ।

उनले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ । ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरु मध्ये एक हो । हालसम्म ५३ लाख मानिस संक्रमित रहेको ब्राजिलमा डेढ लाख भन्दा बढीको कोरोना कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्