प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ : नेता रावल



काठमाडौं कात्तिक ६ ।

सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।

नेता रावलले प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेट नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणा विपरीत रहेको बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादाविपरीत छ।’

प्रधानमन्त्री ओली र गोयलबीच बुधबार राति भेटवार्ता भएको थियो। बुधबार नै काठमाडौं आएका गोयलले सत्तारुढ दलका शीर्ष नेता र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए। उनी बिहीबार स्वदेश फर्किएको सुरक्षा स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्