कांग्रेस नुवाकोट सभापति केसीले भने: नेगेटिभ भनेपछि अब फ्रि



नुवाकोट कात्तिक ६ ।

कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशश्‍वर नरसिंह केसी कोरोना मुक्त भएका छन् ।

बुधबार साँझ आएको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको नेता केसीले सामाजिक सञ्‍जालमार्फत जानकारी गराएका छन् । उनले फरक शैलीमा स्टाटस लेख्दै आफू पोजेटिभ मान्छे भए पनि डाक्टरको दृष्टिमा नेगेटिभ रहँदा पनि खुसी हुनुपरेको बताएका छन् ।

मान्छे त म सँधै पोजिटिभ हुँ । सबैले पोजिटिभ भनिदिँदा खुशी नै हुन्थें । आज डाक्टरले प्रमाण देखाउँदै तपाईं नेगेटिभ मान्छे हुनुहुँदो रेछ भनेपछि उस्तै खुशी लाग्यो । पोजिटिभ देख्ने साथीहरुलाई धन्यवाद । नेगेटिभ देख्ने डाक्टर साबलाई पनि धन्यवाद । नेगेटिभ भनेपछि अब फ्री केसीले लेखेका छन् ।

नेता केसीको १७ असोजमा गरिएको स्वाब संकलनमा कोभीड १९ पोजिटिभ भएको थाहा हुने बित्तिकै उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्