सिन्धुलीको गोलन्जोरमा गाडी दुर्घटना, सडकबाट ६० मिटर तल खस्यो



सिन्धुली,मंसिर १ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित अधेरी खोलाको पुल नजिक गाडी दुर्घटना भएको छ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा जनकपुरबाट काठमाडौँ आउँदै गरेको गाडी सडकबाट करिब ५० देखि ६० मिटर तल खसेको हो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भए–नभएको विवरण भने खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्