रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने



एजेन्सी, कात्तिक ७ । इटालियन च्याम्पियन युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो परिक्षण पनि पोजेटिभ नै आएपछि उनले उक्त खेल गुमाउने भएका हुन् । पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा कोरोना पोजेटिभ भएपछि उनी आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण देखिएको ९ दिनपछि गरिएको परिक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो ।

आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्ट्सले रोनाल्डोबिना खेल्दा लिगमा क्रोटोनेसँग अंक बाँडेको थियो । तर च्याम्पियन्स लिगमा भने अल्भारो मोराटाले दुई गोल गरेपछि टोली डिनामो किएभलाई हराउन सफल रहयो । युभेन्टसले आइतबार हेल्लास भेरोनाको भ्रमण गर्दैछ ।

यूईएफएको नियमअनुसार कोरोना संक्रमण भएपछि कुनैपनि खेलाडीले खेलभन्दा कम्तिमा ७ दिनअघि कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । बुधबार बार्सिलोनासँग खेल्नका लागि रोनाल्डोलाई बिहिबारको नतिजा नेगेटिभ आउनुपर्ने थियो ।

आइसोलेसनमा रहेका रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन । रोनाल्डोलाई संक्रमण देखिएपनि पोर्चुगलका अन्य खेलाडीलाई भने संक्रमण देखिएन । हाम्रो खेलकुद बाट


प्रतिक्रिया दिनुहोस्