पर्सामा नेकपा कार्यकर्ताबीचकोे झडपमा घाइते भएका एकको मृत्यु



पर्सा कात्तिक ७ ।

पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा शुक्रवार विहान मृत्यु भएको हो । घटनामा घाइते उत्तम तिवारीको अवस्थामा पनि गम्भीर रहेको छ ।

उनको शरीरमा १७ टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विन्दावासनी गाउँपालिकास्तरीय कमिटीको सपथ ग्रहण कार्यक्रममा बिहीवार दुई पक्षबीच झडप भएको थियो ।

झडपमा ८ जना कार्यकर्ता घाइते भएका थिए । नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो । मृतक चौरसिया गाऊँपालिका पार्टी सचिव हुन् । झडपमा महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायत घाइते भएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्