आधा किलोभन्दा बढी सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौँ,कात्तिक ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक झाङ गोउजिङ रहेका छन् । उनको साथबाट ६३५.९६ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
झाङ गएराति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौँ आएका थिए । विमानस्थलमा जाँचका क्रममा उनको साथबाट उक्त सुन बरामद गरिएको हो ।

