ब्रुनईका राजकुमारको निधन



एजेन्सी कात्तिक ९ ।

ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनि ३८ वर्षका थिए ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो पुत्र थिए ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्