अफगानिस्तानमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु



एजेन्सी कात्तिक ९ ।

अफगानिस्तानको राजधानी काबुलको एक अध्ययन केन्द्रको बाहिर आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थामा बिस्फोट भएको हो । सो बिस्फोटमा दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

एजुकेशन सेन्टर शनिबार अबेर अपराहन्न बिस्फोट भएको हो । शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

घटनामा घाइते भएकाहरुलाई स्थानीय अस्पताल लगिएको छ । घाइते मध्ये केही गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । इस्लामिक स्टेट (आइएस) ले आक्रमणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्