नेकपा नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ



काठमाडौं कात्तिक ९ ।

पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ ।

नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

उनले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै केही दिनयता आफूसँग सम्पर्कमा आएका मानिसलाई सतर्क रहन आग्रह गरेका छन् ।

आफूसँग सम्पर्कमा आएका र स्वास्थ्यमा कुनै पनि समस्या भएमा तुरुन्तै कोरोना परीक्षण गराई ढुक्क हुन नेता शर्माको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्