आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदै



एजेन्सी कात्तिक ९ ।

१३ औँ संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।

दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई बीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ ।

प्रतियोगितामा ११ खेलमा ८ मा हार व्यहोरेको चेन्नई यो खेलमा आफ्नो शाख जोगाउन चाहन्छ भने १० खेलमा ७ खेल जितेको बेङ्ग्लोर भने ठूलो जित निकाल्न चाहन्छ ।

बेङ्ग्लोर अहिले तेस्रो स्थानमा छ भने चेन्नई पुछारमा छ ।त्यस्तै आइतबारको दोस्रो खेलमा राति पौने ८ बजे शेख जयेद स्टेडियममा राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दै छन् ।

प्रतियोगिता चलिरहँदा मुम्बई १० खेलमा ७ जितसहित पहिलो स्थानमा छ । एक खेल बढी खेलेको राजस्थान भने चार खेलमा विजयी हुँदै ८ अङ्क जोडेको छ । राजस्थान सातौँ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्