रअ प्रमुखसँग प्रधानमन्त्रीले गोप्य भेट गरेको हैन, टिपोट परराष्ट्रमा सुरक्षित छ : उपप्रधानमन्त्री पोख्रेल



काठमाडौं कात्तिक १० ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्।

कूटनीतिक मर्यादा विपरीत गोप्य रुपमा रअका प्रमुख आएर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको भनेर आलोचना भइरहेका बेला नेता पोखरेलले प्रधानमन्त्रीसँग रअका प्रमुखको भेट प्रायोजित कुप्रचार भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गरेका थिए भन्ने कुरा प्रम ओलीसँग रहेका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका र टिपोट गरेका उनको भनाइ छ। उनले परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित रहेको बताएका छन्।

भेट वार्ता विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा केन्द्रित रहेको र छलफलका क्रममा नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको तथा समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्