बेलायतमा कोरोना नियम उल्लङ्घन गर्ने बेहुलीलाई १३ हजार डलर जरिवाना



एजेन्सी कात्तिक १० ।

बेलायतमा कोरोना नियन्त्रण सम्बन्धि नियम उल्लङ्घन गरेको आरोपमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना भराइएको छ ।

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रहरीले विवाहमा सहभागी झण्डै दुईसय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको खबरमा उल्लेख छ ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्