आइपिएल : कोलकाताविरुद्ध पन्जाबको सानदार जित



एजेन्सी काठमाडौं कात्तिक ११ ।

किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।

सारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । यो जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो । जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । र, पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्