नेकपाले यसवर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने



काठमाडौं कात्तिक ११ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ।

विगत वर्षहरुमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कोभिड १९ को महामारीका कारण यस वर्ष स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

नेकपाले बडादसैं तिहार, नेपाल सम्वत् नव वर्ष ११४१, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको कार्यक्रम यस वर्ष स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्